logo
२०८३ भाद्र १२, शुक्रबार |
📰
🔍

गोर्खा ब्रुअरीद्वारा दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
गोर्खा ब्रुअरीद्वारा दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग

रसुवा / रसुवामा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, खोज तथा पुनर्स्थापनाका लागि निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम सुरु भएको छ। यसैक्रममा गोर्खा ब्रुअरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ नगद सहयोग गरेको छ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यलाई एकद्वार प्रणालीमार्फत अघि बढाउने उद्देश्यले कोषमा प्राप्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझिरहेका छन्। सोही क्रममा गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ हस्तान्तरण गरेको हो।