प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ भाद्र १२, शुक्रबार
पोखरा / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचान तथा परीक्षण सुरु भएको छ।
नवलपुर, गोरखा, धादिङ र तनहुँबाट ल्याइएका ९३ शव प्रतिष्ठानमा राखिएका छन् भने नौ शव मणिपाल शिक्षण अस्पतालमा राखिएको छ। आफन्तले स्क्रिनमा शवका तस्बिर हेरेर पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार पहिचान भएका शव कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइनेछ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौं पठाइनेछ।
शवको संख्या धेरै भएकाले पहिचान तथा व्यवस्थापनमा केही दिन लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी कुमानसिँह गुरुङले बताए।