logo
२०८३ भाद्र १२, शुक्रबार |
📰
🔍

रसुवाका बाढीपीडित विदेशी नागरिकको खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले गठन गर्‍यो आपत्कालीन टोली

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
रसुवाका बाढीपीडित विदेशी नागरिकको खोजी तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले गठन गर्‍यो आपत्कालीन टोली

काठमाडौँ / रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण आएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली (ईआरटी) गठन गरेको छ।

मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार तत्काल प्रभावबाट गठन गरिएको ईआरटीले बाढीबाट प्रभावित वा बेपत्ता भएका विदेशी नागरिकको खोजी तथा उद्धारका साथै प्राप्त सूचनाको प्रमाणीकरण र आवश्यक कन्सुलर सहयोगका लागि मन्त्रालयभित्र केन्द्रीय समन्वयकारी निकायका रूपमा काम गर्नेछ।

विदेशी नागरिकसँग सम्बन्धित आवश्यक सूचना सङ्कलन गर्ने, सम्बन्धित सरकारी निकायसँग समन्वय गर्ने तथा उनीहरूका परिवार र सम्बन्धित कूटनीतिक नियोगलाई आवश्यक जानकारी उपलब्ध गराउने कार्यमा पनि ईआरटीले सहजीकरण गर्ने मन्त्रालयले जनाएको छ।