logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

बाढीपीडितको उद्धार र राहतका लागि चीनद्वारा नेपाललाई २० लाख डलर सहयोग

प्रभातफेरी अनलाइन३५ पटक पढिएको | २०८३ भाद्र १३, शनिबार
बाढीपीडितको उद्धार र राहतका लागि चीनद्वारा नेपाललाई २० लाख डलर सहयोग

काठमाडौँ / विनाशकारी बाढीबाट प्रभावित नेपालमा उद्धार तथा राहत अभियानलाई सहयोग पुर्‍याउन चीनले नेपाल सरकारलाई २० लाख अमेरिकी डलर नगद सहायता उपलब्ध गराउने भएको छ।

नगद सहयोगसँगै चीनले बाढी प्रभावितका लागि आवश्यक राहत सामग्रीसमेत नेपाल पठाउने तयारी गरेको छ। राहत सामग्री बोकेका दुईवटा कार्गो विमानमध्ये पहिलो खेप छिट्टै नेपाल पठाइने भएको हो।

यसैगरी, बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारका लागि चीनले प्राविधिक सहयोगसमेत उपलब्ध गराउने भएको छ। त्यसका लागि चीनले दुईवटा सुरुङ उद्धार विशेषज्ञ टोली नेपाल पठाउने तयारी गरेको छ।