प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
धादिङ । धादिङको गल्छी गाउँपालिका–६, बैरेनीस्थित पृथ्वी राजमार्गमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ ।
भाद्र १३ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको टोलीले उक्त लकर फेला पारेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक अपार प्याकुरेलको कमाण्डमा खटिएको ९ सदस्यीय टोलीले बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ लकर फेला पारेको जनाएको छ ।
फेला परेको लकरलाई स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको उपस्थितिमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
लकर कहाँबाट बगेर आएको हो भन्ने विषय खुलेको छैन । त्यसमा कति रकम वा अन्य सामग्री रहेको छ भन्नेबारे समेत नेपाल प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ ।