logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रबारे छलफल

प्रभातफेरी अनलाइन५ पटक पढिएको | ५२ मिनेट अघि
प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रबारे छलफल

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत वितरण र नागरिक व्यवस्थापनका प्रयासबारे छलफल भएको छ।

प्रधानमन्त्री शाह र लामिछानेबीच प्रभावित नागरिकको उद्धार तथा राहतसँगै बाढीबाट क्षति पुगेका संरचनाको पुनःस्थापनाका विषयमा समेत छलफल भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा नागरिकको जीउधनको रक्षा, राहत सामग्रीको सहज पहुँच तथा पुनःस्थापनाका लागि सरकारी संयन्त्रहरू पूर्ण क्षमताका साथ परिचालन गरिएको जानकारी गराएका थिए।