प्रभातफेरी अनलाइन६४ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
काठमाडौँ / सभामुख डोलप्रसाद अर्यालले आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
हालै आएको भीषण बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले सभामुख अर्यालले उक्त रकम कोषमा उपलब्ध गराउने निर्णय गरेको उनका प्रमुख स्वकीय सचिव मुना कुवरले जानकारी दिइन्।
यसैगरी, संघीय संसद् सचिवालय तथा सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट नेपाल सरकारको निर्णयअनुसार निश्चित रकम कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।