प्रभातफेरी अनलाइन६ पटक पढिएको | ५७ मिनेट अघि
स्याङ्जा / स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका वडा सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार दिउँसो १ बजे वडा कार्यालय परिसरमै वडाध्यक्ष वस्तीको शरीरमा मोबिल छ्यापेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको हो। पक्राउ परेका थापा मगरमाथि स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।