logo
२०८३ भाद्र १९, शुक्रबार |
📰
🔍

विपद् उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने रास्वपाको निर्णय

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ भाद्र १८, बिहिबार
विपद् उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने रास्वपाको निर्णय

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राकृतिक विपद्पछि जारी खोज, उद्धार तथा राहत अभियानमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ।

पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सञ्चारकर्मीसँग कुरा गर्दै उद्धार र राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका काममा सरकारलाई थप प्रभावकारी बनाउन पार्टीले सहकार्य गर्ने बताए।

उनका अनुसार संकलित राहत सामग्री कम्तीमा ७२ घण्टाभित्र प्रभावित नागरिकसम्म पुर्‍याउनुपर्नेमा पार्टीको जोड छ। राहत वितरणलाई छिटो र प्रभावकारी बनाउन सरकारसँग आवश्यक समन्वय भइरहेको उनले बताए।