प्रभातफेरी अनलाइन२५ पटक पढिएको | २०८३ भाद्र १८, बिहिबार
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले घटना भएको १३औँ दिन राष्ट्रिय शोक मनाउने निर्णय गर्दै उक्त दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने जनाएको छ।