प्रभातफेरी अनलाइन३६ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
काठमाडौँ / त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट सकुशल उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
भोटेकोसी नदीमा बाढी आएको १०औँ दिन अर्थात् भदौ १९ गते बिहान नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले रसुवास्थित त्रिशूली–३ ‘ए’को सुरुङबाट उनीहरूलाई जीवितै उद्धार गरेको हो।
उद्धार गरिएका दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको नेपाली सेनाले जनाएको छ।