logo
२०८३ भाद्र २०, शनिबार |
📰
🔍

सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई दाना उद्योग संघको करिब ४ करोड सहयोग

प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका बाढीपहिरो पीडितलाई दाना उद्योग संघको करिब ४ करोड सहयोग

काठमाडौँ / नेपाल दाना उद्योग संघले सुदूरपश्चिम प्रदेशमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितको राहत र पुनर्स्थापनाका लागि करिब ४ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको जानकारीसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको पत्रमा संघअन्तर्गतका सदस्य उद्योगहरूले राहत रकम उपलब्ध गराएको जनाएको छ।

संघका अनुसार २६ वटा सदस्य उद्योगबाट ३ करोड ९७ लाख ५४ हजार ३०९ रुपैयाँ राहत रकम संकलन भएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिसकिएको र थप रकम संकलन गर्ने कार्यसमेत जारी रहेको संघले जनाएको छ।