logo
२०८३ भाद्र २०, शनिबार |
📰
🔍

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा २ सय ५१ कन्या पुजन गोसाइँथानमा सम्पन्न, साथै प्रधानमन्त्री राहत कोषमा नगद २५ हजार २५ रुपैयाँ प्रदान

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा २ सय ५१ कन्या पुजन गोसाइँथानमा सम्पन्न, साथै प्रधानमन्त्री राहत कोषमा नगद २५ हजार २५ रुपैयाँ प्रदान

गोसाइँथान, काभ्रे / श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा आज गोसाइँथानस्थित नैमिषारण्य संस्कृत गुरुकुलम मा भव्य रूपमा २सय ५१ स्थानीय कन्या पुजन कार्यक्रम सम्पन्न भएको छ। गुरुकुलको संयोजनमा भएको उक्त पुजन कार्यक्रममा ३४ जना विभिन्न स्थानिय दाता, प्रायोजक तथा भक्तहरु को सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका संयोजक आचार्य श्री दिव्यमणि अधिकारी ले धार्मिक संस्कार र सामाजिक सेवाको लागि यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन गरिने बताउनु भएको छ । यसै अवसरमा नैमिषारण्य क्षेत्र विकास समिति तथा संस्कृत गुरुकुलम को तर्फबाट प्रधानमन्त्री बाढी पीडित राहत कोषमा नगद रु. २५,०२५/- सहयोग रकम समेत प्रदान गरिएको छ।

कार्यक्रममा नैमिषारण्य संस्कृत गुरुकुल बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीभैरब केसीले भन्नुभयो, “भाद्र १० को बाढीले हाम्रो गाउँलाई धेरै पीडा दिएको छ। आज श्रीकृष्ण जन्माष्टमीको दिन २सय ५१ कन्यालाई पुजा गरेर र राहत कोषमा सानो सहयोग गरेर हामीले दुःखमा परेकाहरुप्रति समवेदना र राष्ट्रप्रतिको दायित्व दुवै पूरा गरेका छौं। सबै दाता, भक्तजन र स्वयंसेवकहरुको सहयोगले यो सम्भव भएको हो। हामी सबैको एकताबाटै राष्ट्र बन्छ।”

कन्या पुजनसँगै समग्र राष्ट्रको कल्याणको कामना गरिएको कार्यक्रममा ,भाद्र १० को विनाशकारी बाढीमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै गजेन्द्रमोक्ष पाठ पारायण र नारायण कवच पाठ समेत गरिएको गरिएको छ ।

सो अवसरमा भक्तजनहरुले प्रसाद ग्रहण गर्दै पुजन भएका कन्याहरुलाई दक्षिणा र उपहार समेत प्रदान गर्नुभएको छ ।

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे