logo
२०८३ भाद्र २३, मंगलबार |
📰
🔍

‘जेनजी आन्दोलनको वार्षिकीलाई संकल्प दिवस बनाऔँ’ : मन्त्री गौतम

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | ५२ मिनेट अघि
‘जेनजी आन्दोलनको वार्षिकीलाई संकल्प दिवस बनाऔँ’ : मन्त्री गौतम

काठमाडौँ / कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई केवल स्मरण गर्ने दिनका रूपमा नभई भविष्यमा यस्ता घटना दोहोरिन नदिने संकल्पको दिन बनाउनुपर्ने बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री गौतमले एक वर्षअघि ज्यान गुमाएका युवाहरूको स्मृतिमा फेरि त्यस्तो दिन कहिल्यै नदोहोरिने प्रतिबद्धता गर्नुपर्ने बताइन्।

गत वर्ष भदौ २३ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर १९ जना युवाको मृत्यु भएको थियो। त्यसको भोलिपल्ट आन्दोलन थप चर्किँदै देशव्यापी बनेको थियो।

गौतमले भनेकी छिन्, “आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो। हामीले गुमाएका प्रत्येक युवाको स्मृतिमा हाम्रो प्रतिबद्धता यही रहोस् कि फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्।”