logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

प्रभातफेरी अनलाइन८ पटक पढिएको | १ घण्टा अघि
पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा / पोखरा–१० बुद्धचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का २५ वर्षीय नवराज दर्जी रहेका छन्। बुधबार दिउँसो करिब १२ः५० बजे पृथ्वी राजमार्गअन्तर्गत बुद्धचोकमा पृथ्वीचोकबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ना ५ ख ८२४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ग ७ प २८२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दर्जीलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारका क्रममा चिकित्सकले दिउँसो २ः२२ बजे उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले ट्रक र चालक सिन्धुलीको कमलामाई नगरपालिका–८ का ३६ वर्षीय खडकबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।