प्रभातफेरी अनलाइन१२ पटक पढिएको | ५३ मिनेट अघि
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदलाई संवाद तथा छलफलमार्फत समाधान गरिने बताउनुभएको छ।
नेपाली कांग्रेस भक्तपुरले बुधबार आयोजना गरेको कार्यक्रममा देउवाले लोकतान्त्रिक पार्टीमा आन्तरिक बहस र फरक मत हुनु स्वाभाविक रहेको बताउनुभयो। उहाँले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको भन्दै कार्यकर्तालाई संयमित रहन आग्रह गर्नुभयो।
पार्टीभित्रका सानातिना मतभेदलाई लिएर विवाद बढाउन नहुने उल्लेख गर्दै देउवाले सम्बन्धित पक्षसँग छलफल गरेर समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो।
उहाँले पार्टीको आन्तरिक समस्या पार्टीभित्रै बसेर संवाद र छलफलमार्फत टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो।