logo
२०८३ भाद्र २६, शुक्रबार |
📰
🔍

थाल्यो साइबर ब्युरोले सुक्ष्म अनुसन्धान,

प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ भाद्र २५, बिहिबार
थाल्यो साइबर ब्युरोले सुक्ष्म अनुसन्धान,

नुवाकोट /भोटेकोशी बाढीमा श्रीमान् बेपत्ता भएपछि काखमा बच्चा बोकेर रोएको भिडियोलाई लिएर सामाजिक सञ्जालमा गालीगलौज र साइबर बुलिङ गर्नेहरूमाथि नेपाल प्रहरीको साइबर ब्यूरोले सूक्ष्म अनुसन्धान सुरु गरेको छ। साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दिलीप कुमार गिरीका अनुसार पीडित महिला स्वयम्‌ले उजुरी नदिए पनि सामाजिक सद्भाव र मानवीय संवेदना जोगाउन प्रहरीले आफैँ अग्रसरता लिएर अनुसन्धान अघि बढाएको हो।

कमेन्ट गर्नेहरूमध्ये तनहुँ र बुटवलका दुईजना महिला प्रहरीको सम्पर्कमा आइसकेको र उनीहरूका विषयमा प्राविधिक जाँच भइरहेको एसपी गिरीले जानकारी दिए। “आफ्नै वास्तविक आइडीबाट कमेन्ट गर्नेहरू सम्पर्कमा आइसकेका छन्, तर फेक आइडीको हकमा भने सम्बन्धित सोसल मिडिया प्लेटफर्मसँग पत्राचार गरेर आईपी एड्रेस मागिएको छ,” उनले भने, “विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम चरित्र हत्या, मानहानी र ह्यारेसमेन्ट गर्नेहरूलाई कानुनी दायरामा ल्याइनेछ।”

यसअघि, प्रधानमन्त्री बालेन्द्र शाहले पनि पीडितलाई हियाउनेहरूप्रति सरकार कठोर बन्ने चेतावनी दिइसकेका छन्।