logo
२०८३ कार्तिक ११, मंगलबार |
☰
📰
🔍
✕

पृथ्वी राजमार्गमा तीन सवारीसाधन दुर्घटना, ११ जना घाइते

प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
पृथ्वी राजमार्गमा तीन सवारीसाधन दुर्घटना, ११ जना घाइते

चितवन / पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा बस, ट्रक र माइक्रोबस एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।

आज बिहान ८:४५ बजे भएको दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै गरेको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रोबस संलग्न रहेका छन्।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।