logo
२०८३ कार्तिक ११, मंगलबार |
☰
📰
🔍
✕

भारतको गुवाहाटीस्थित होटलमा गोली चल्दा पाँच जनाको मृत्यु, एक पक्राउ

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | १ घण्टा अघि
भारतको गुवाहाटीस्थित होटलमा गोली चल्दा पाँच जनाको मृत्यु, एक पक्राउ

एजेन्सी / भारतको असम राज्यस्थित गुवाहाटीको एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन्।

सोमबार राति करिब ९ बजे लाचित नगरस्थित होटल बिलास इनमा गोलीकाण्ड भएको हो। प्रारम्भिक विवरणअनुसार घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको मृत्यु भएको छ।

घटनामा दुई महिलासहित होटलका एक कर्मचारी पनि घाइते भएका छन्। असम प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको जनाएको छ।

गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार घटनामा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो। प्रहरीले घटनास्थलबाट हतियारसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।