logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

पनौती-८ ले गर्यो नमुना काम: बिरामी र अशक्तको सामाजिक सुरक्षा भत्ता घरदैलोमै नवीकरण*

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | २०८३ भाद्र २५, बिहिबार
पनौती-८ ले गर्यो नमुना काम: बिरामी र अशक्तको सामाजिक सुरक्षा भत्ता घरदैलोमै नवीकरण*

पनौती/ सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म आउन नसक्ने बिरामी तथा अशक्त लाभग्राहीलाई सहज बनाउन पनौती नगरपालिका वडा नं ८ ले घरदैलो सेवा सुरु गरेको छ।
वडा सचिब भगवन बस्नेतका अनुसार वडा कार्यालयको टोलीले थाहा भए सम्मका सबै बिरामी र अशक्त लाभग्राहीको घरमै पुगेर भत्ता नवीकरणको काम सम्पन्न गरिसकेको छ।

वडावासिलाई आग्रह गर्दै
_”कोही बिरामी वा अशक्त लाभग्राही छुट्नुभएको छ भने जनप्रतिनिधिहरु मार्फत वा आफै वडा कार्यालयमा खबर गर्नुहोला। हामी घरदैलोमै पुगेर नवीकरण कार्य गरिदिनेछौं।”_ भनेको बताउनु भएको छ ।

यस कार्यले वृद्ध, अशक्त र दीर्घरोगी नागरिकलाई कार्यालयको झन्झटबाट मुक्त गर्दै सम्मानपूर्वक सेवा पाएको अनुभूति दिएको स्थानीयको प्रक्रिया छ ।

वडा समिति परिवारको सक्रियतामा भएको यो पहललाई स्थानीयले स्वागत गरेका छन्।