logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

प्रधानसेनापति सिग्देल चीन प्रस्थान

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
प्रधानसेनापति सिग्देल चीन प्रस्थान

काठमाडौं / नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणका लागि आज प्रस्थान गरेका छन्। उनी २८ भदौदेखि ३ असोजसम्म चीनमा रहने नेपाली सेनाको जंगी अड्डाले जनाएको छ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा सहभागिता जनाउने कार्यक्रम रहेको छ। चीन प्रस्थान गर्नुअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए।