logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

गणेशमान सिंहका आदर्श आत्मसात् गर्दै कांग्रेसलाई जनमुखी बनाउनुपर्छ : गगन थापा

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार
गणेशमान सिंहका आदर्श आत्मसात् गर्दै कांग्रेसलाई जनमुखी बनाउनुपर्छ : गगन थापा

काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई थप सशक्त, जनमुखी र लोकतान्त्रिक बनाउनुपर्ने बताएका छन्।

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले गणेशमान सिंहले देखाएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्ने बताए।

कांग्रेस १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै उनले महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा नभई अग्रजहरूले देखाएको लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

समयसँगै चुनौतीहरू परिवर्तन भए पनि लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता अझ बढेको थापाको भनाइ छ।