logo
२०८३ आश्विन २, शुक्रबार |
📰
🔍

आज चार संसदीय समितिको बैठक बस्दै, बाढी र जलवायु प्रभावदेखि खानी विधेयकसम्म छलफल

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन २, शुक्रबार
आज चार संसदीय समितिको बैठक बस्दै, बाढी र जलवायु प्रभावदेखि खानी विधेयकसम्म छलफल

काठमाडौँ / आज प्रतिनिधिसभाका विभिन्न चार संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र अर्थ समितिको बैठक बस्न लागेको हो।

बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ।

बिहान साढे १० बजे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा भदौ १० गते भोटेकोशी लगायतका नदीमा आएको बाढी तथा जलवायु परिवर्तनको असरबारे विज्ञसँग छलफल गरिनेछ।

यस्तै, बिहान साढे ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन/भ्रमणसहित समसामयिक विषयमा छलफल हुनेछ।

दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपछिको अर्थतन्त्रमा परेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ।