logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

मृत्युलाई पनि जितिन्छ भन्ने उदाहरण हुन् जुम्लाका रमेश

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
मृत्युलाई पनि जितिन्छ भन्ने उदाहरण हुन् जुम्लाका रमेश

नुवाकोट / मृ’त्युको सुरुङबाट ११ दिनपछि घर फर्किए जुम्लाका रमेश ! उनले सुरुङभित्र करिब आठ घण्टा लेदोमा घस्रिँदै बिताए । डन्डी समातेर लेदोबाट माथि आउने र फेरि धसिने क्रम चलिरह्यो। अन्ततः उनी सुरुङबाट बाहिर निस्कन सफल भए। ‘बाँच्ने मर्ने ठेगान थिएन,’ रमेशले भने, ‘तर बाँचियो ।’

भोटेकोशी बा’ढीमा सम्पर्कवि’हीन भएका जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीका २१ वर्षीय रमेश बुढा ११ दिनपछि सकुशल घर फर्किएका छन्। भदौ १० गते रसुवाको जलविद्युत् आयोजनाको सुरुङमा काम गर्ने क्रममा बा’ढी पसेपछि सम्पर्कवि’हीन भएका रमेश भदौ २१ गते गाउँ फर्किएका थिए। उनी सकुशल घर आइपुगेपछि परिवारसँगै सिंगो गाउँ नै आश्चर्यमा परेको थियो।

बा’ढी सुरुङभित्र पस्दा रमेश काममै थिए। अचानक ठूलो हावा चलेपछि बिजुली निभेको र केहीबेरमै सुरुङमा लेदो पस्न थालेको उनले बताएका छन्। लेदोबाट जोगिन फर्मा जोड्न प्रयोग भएका डन्डी समातेका उनी केही समयपछि बे’होस भएका थिए।
होसमा आउँदा शरीरमा एउटा भेस्ट र कट्टुबाहेक अन्य कपडा थिएन। वरिपरि लेदो र सुरुङभित्र अन्धकार थियो। बाहिर निस्कने बाटोसमेत निश्चित थिएन।

रमेशले सुरुङभित्र करिब आठ घण्टा लेदोमा घस्रिँदै बिताए। डन्डी समातेर लेदोबाट माथि आउने र फेरि धसिने क्रम चलिरह्यो। अन्ततः उनी सुरुङबाट बाहिर निस्कन सफल भए।
‘बाँच्ने मर्ने ठेगान थिएन,’ रमेशले भने, ‘तर बाँचियो।’ सुरुङबाट बाहिर आएपछि उनले उ’द्धारका लागि हेलिकप्टरतर्फ हात हल्लाएको र शरीरमा रहेको भेस्ट निकालेर संकेत गरेको बताए। तर हेलिकप्टर फर्किएपछि आफूहरूको उ’द्धार हुन नसकेको उनको भनाइ छ।

बाढी आएको दिन सुरुङमा मोबाइल नेटवर्क आएपछि रमेशले आमाबुबालाई एक–एकपटक फोन गरेका थिए। त्यसपछि मोबाइलको ब्याट्री सकिएपछि उनी परिवारसँग सम्पर्कवि’हीन भएका थिए। परिवारले उनको अवस्था अ’ज्ञात भएपछि आशा मा’रिसकेको थियो।

रमेश विदेश जाने तयारीका लागि पैसा कमाउन रसुवा पुगेका थिए। रोमानियाको भिसा लगाउने तयारीमा रहेका उनी त्यसका लागि आवश्यक रकम जुटाउन मजदुरी गर्न गएको थिए! बा’ढीपछि सुरुङबाट बाहिर निस्किएर कोठामा पुग्दा उनका लत्ताकपडा, मोबाइल तथा विदेश जाने तयारीका कागजातसमेत बा’ढीले बगाइसकेको थियो।

रमेशका अनुसार सुरुङमा करिब ६० देखि ७० जना कामदार थिए। सुरुङभित्र साइरनको व्यवस्था नभएकाले बा’ढीको जो’खिमबारे समयमै जानकारी पाउन नसकेको उनले बताएका छन्।
रमेशसँगै पातारासी–५ लोर्पाका दुई र पातारासी–६ बाताका एक युवा पनि लेदोमा घस्रिँदै सुरुङबाट बाहिर निस्कन सफल भएका थिए। घर फर्किएपछि पनि रमेशमा बा’ढीको त्रा’स कायमै छ। सुरुङभित्रका घ’टना र सम्पर्कवि’हीन भएका साथीहरूको अवस्थाले उनलाई चिन्तित बनाएको छ।

‘हामी त जेनतेन लेदोसँग भिड्दै फर्कियौं,’ उनले भने, ‘हामीसँगै रहेर सुरुङभित्र फ’सेकाहरूको पनि सकुशल उ’द्धार होस्।’
रमेशकी आमा बदम बुढाले छोराको आशा लगभग मा’रिसकेको बताइन्। ‘हामीले आश मा’रिसकेका थियौं,’ उनले भनिन्, ‘तर छोरासँगै गएका सबै साथीहरू भेटिएका छैनन्। उनीहरू पनि चाँडै सकुशल भेटियून्।’ रमेशकी तीन महिनाकी छोरीसमेत छिन्। छोराको सकुशल आगमनले परिवारमा खुसी फर्किए पनि उनीसँगै काम गर्ने अन्य युवाको अवस्था अझै अ’ज्ञात रहेकाले परिवारको चिन्ता कायमै छ।

यसैबीच राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखाकी प्रमुख कल्पना नेपाल आचार्यले लाम्री पुगेर बा’ढीमा सम्पर्कविहीन भएका १५ परिवारको अवस्था बुझेकी छन्। उनले बेपत्ता परिवारलाई राहतसँगै मनोपरामर्श सेवा आवश्यक रहेको बताएकी छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंका अनुसार जिल्लाबाट अझै ६३ जना सम्पर्कवि’हीन छन्। पातारासी गाउँपालिकाका मात्रै ४९ जना सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। चन्दननाथका चार, सिंजाका एक र गुठीचौरका नौ जना पनि सम्पर्कवि’हीन छन्।

रमेश भने ११ दिनपछि मृ’त्युको जोखिमबाट जोगिएर परिवारमा फर्किएका छन्। उनका परिवार र गाउँलेले अब भोटेकोशी बाढीपछि सम्पर्कवि’हीन रहेका अन्य युवासमेत सकुशल फर्किने आशा गरिरहेका छन्।