प्रभातफेरी अनलाइन२२ पटक पढिएको | १ घण्टा अघि
नुवाकोट / विनाशकारी रसुवा भोटेकोशीको बाढीबाट प्रभावितहरुका लागि आवास निर्माणमा खट्नुभएका वाइसिएल, नेपालका योद्धाहरुको सक्रियता निकै प्रशंसनीय भएको पीडितले बताएका छन् । लगातार २५ दिनदेखि बाढीपीडितहरुसँगै रहेर बेपत्ताहरुको खोजी, उद्धार तथा आवास निर्माणमा खटिनु सामान्य कुरो होइन एक पल पनि नछोडी सेवामा समर्पित योद्धा प्रती हाम्रो सम्मान छ भन्दै नुवाकोटको विदुर नगरपालिका-५ पिपलटार पुगेर बाढी प्रभावितका आवास निर्माण गरिरहेका योद्धा प्रती नेकपा पाटी पंक्तिले ऐक्यबद्धता जनाएको छ ।
श्रमदानमा सहभागी जनाइरहेका पीडित संसंङ्गै पिपलटारमै अस्थायी आवासमा बसेर पीडामा महलमपट्टी गर्ने YCL को उदारणीय कार्य प्रति खुलेर प्रशंसा गरेको सुन्न र देख्न पाउदा पीडामा पनि गौरवान्वित हुन पाउनु सामान्य बिषय नभएको पिडित छोइकु तामाङ बताउनु हुन्छ । रसुवा उत्तरगया-१ खाल्टेका बाढी प्रभावितहरुसँग अन्तरक्रियामा सहभागी सबैको उस्तै उस्तै प्रतिक्रिया छन् । ०७२ को भूकम्पबाट पीडित उहाँहरु फेरि यसपटकको विनाशकारी बाढीबाट ठुलो पीडाको शिकार भएको दुखेसो पोख्दै हाम्रो अवस्था, समस्या र अपेक्षाको राज्य संचालक सम्म पुर्यादिन आग्रह समेत सहभागीले गरेका छन् ।
अन्तरक्रियामा सहभागी जनाएर फर्कदै गर्नु भएका सल्यान कालिमाटी गाउँपालिकाका नेपाली कम्युनिष्ट पार्टीका इन्चार्ज ज्ञानेन्द्र केसीको कथन छ : बाढीमा परि बेपत्ता हुनुभएका सल्यानका भुपेन्द्र रावतका श्रीमती र भुपेन्द्र केसीका भाइसहितका साथीहरू त पाउन सकिन तर बच्न सफल भएकाहरूको पिडाको भारी बोकेर बाहिरीएको छु,
यसैबीचमा बागमती प्रदेश सभा सदस्य माननीय राधिका तामाङ, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नुवाकोटका डिएसपीद्वय, पत्रकार महासङ्घ नुवाकोट उपाध्यक्ष लगायतसँग पनि भेटघाट गरेर फर्कदा ती YCL योद्धाहरुको अथक योग्दानको उच्च सम्मान गर्न कन्च्युसाई गर्ने छैन र राज्यको अनुपस्थितमा YCL को यो अनुकरणीय कार्यको मुक्तकण्ठले प्रसंशा गर्न र आगामी दिनमा उच्च मुल्यांकन नागरिकले गर्ने बिश्वाश लिएको समेत इन्चार्ज केसिले खुलासा गर्नु भएको छ ।