logo
२०८३ आश्विन ५, सोमबार |
📰
🔍

त्रिपुरेश्वर बसमा आगलागी : कारण पत्ता लगाउन प्रहरी समिति

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | १ घण्टा अघि
त्रिपुरेश्वर बसमा आगलागी : कारण पत्ता लगाउन प्रहरी समिति

काठमाडौं / त्रिपुरेश्वरस्थित बसमा भएको आगलागीको कारण र घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीले छानबिन समिति गठन गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले गठन गरेको समितिमा अपराध अनुसन्धान कार्यालयका एसपी शरद थापा क्षेत्री, ट्राफिक प्रहरी कार्यालयका डीएसपी सुनिलजंग शाह, जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकी र प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ छन्। समितिले छानबिन सकेपछि दोषीमाथि कारबाहीका लागि सिफारिस गर्नेछ।