logo
२०८३ आश्विन ९, शुक्रबार |
☰
📰
🔍
✕

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन ९, शुक्रबार
चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं / चोरी मुद्दामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–२ का २४ वर्षीय प्रिन्स श्रेष्ठ रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।

चोरी कसुरमा काठमाडौँ जिल्ला अदालतले २०७९ जेठ २३ गते श्रेष्ठलाई १ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

पक्राउ परेका श्रेष्ठलाई अदालतमार्फत कारागार पठाइएको प्रहरीले जनाएको छ।