प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन ११, आईतबार
काभ्रे / निरन्तर वर्षाका कारण काभ्रेका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने भित्री सडकखण्ड करिब २५ मिटर भासिएपछि सडक अवरुद्ध भएको छ।
त्यस्तै, रोशी गाउँपालिका–७ घुमाउनेमा खोलिएको ‘वन वे’ ट्र्याकमा खोलाको पानीको बहाव बढेपछि सडक कटान भइरहेको जनाइएको छ। वर्षा निरन्तर भइरहेकाले उक्त क्षेत्रमा थप क्षति तथा सडक अवरुद्ध हुने जोखिम रहेको छ।
सडकको अवस्था हेरेर मात्रै यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।