logo
२०८३ आश्विन ११, आईतबार |
☰
📰
🔍
✕

कालीगण्डकीको बाढी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, स्थानीय सुरक्षित स्थानमा सारिए

प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन ११, आईतबार
कालीगण्डकीको बाढी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, स्थानीय सुरक्षित स्थानमा सारिए

पर्वत / कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्।

नेपाल प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको थियो। उक्त बस्तीमा करिब ८० घर रहेकोमा २५ घर बगेका छन् भने बाँकी घरहरू समेत जोखिममा रहेका छन्।

घटनामा हालसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थलमा पुग्न नसकेको जनाइएको छ। घटनास्थल प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाको थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।