प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउनुभएको छ।
बैठकमा उहाँले महासभाको ‘जनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधन, जलवायु न्याय तथा नेपालको राष्ट्रिय हितका विषयमा उठाइएका मुद्दाबारे जानकारी दिनुभयो। प्रधानमन्त्री शाहको सम्बोधनले जलवायु न्यायलाई व्यवहारमा उतार्ने विषयलाई अन्तर्राष्ट्रिय बहसमा थप जोड दिएको उहाँले बताउनुभयो।
महासभामा सहभागी हुने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीसँग भेटवार्ता र छलफल गर्नुका साथै विभिन्न सत्रमा नेपालको धारणा प्रस्तुत गरिएको मन्त्री खनालले जानकारी दिनुभयो।