प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ आश्विन १७, शनिबार
काठमाडौं / नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन्।
शर्माले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने उद्देश्यसहित महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए। उनले दूरदराजका नागरिकसँग पार्टीलाई जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेको उल्लेख गरे।
कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गतेदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ।