logo
२०८३ आश्विन १७, शनिबार |
☰
📰
🔍
✕

संघीय समाजवादीको बारा जिल्ला समिति गठन, मंसिर २० मा अधिवेशन

प्रभातफेरी अनलाइन११ पटक पढिएको | २०८३ आश्विन १७, शनिबार
संघीय समाजवादीको बारा जिल्ला समिति गठन, मंसिर २० मा अधिवेशन

कलैया / नेपाल संघीय समाजवादी पार्टीले नुरुल्लाह मियाँको नेतृत्वमा २१ सदस्यीय बारा जिल्ला समिति गठन गरेको छ। कलैयामा सम्पन्न जिल्ला बैठकले आगामी मंसिर २० गते सदरमुकाम कलैयामा जिल्ला अधिवेशन गर्ने निर्णयसमेत गरेको छ।

नवनिर्मित जिल्ला समितिको उपाध्यक्षमा जमालुद्दिन मियाँ, कोषाध्यक्षमा नसारुद्दिन देवान र सचिवमा बौवा लाल ठाकुर चयन भएका छन्।

बैठकले आगामी तीन महिनाभित्र बारा जिल्लाका सबै नगरपालिका, गाउँपालिका, निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पार्टी संगठन विस्तार गर्ने निर्णय गरेको छ। साथै, साधारण तथा सक्रिय सदस्यता वितरणलाई तीव्रता दिँदै संगठनलाई जनताको घरदैलोसम्म पुर्‍याउने र कलैयामा जिल्ला पार्टी कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष मोहम्मद रिजवान अन्सारीले राजनीतिक उपलब्धि तथा जनताको अधिकारको संरक्षणका लागि सशक्त र जनतासँग प्रत्यक्ष जोडिएको संगठन आवश्यक रहेको बताए। उनले संगठन विस्तारलाई अभियानका रूपमा अघि बढाउन नेता तथा कार्यकर्तालाई आग्रह गरे।

बैठकमा मधेश प्रदेशका पूर्व गृह, कानून तथा सञ्चारमन्त्री एवं प्रदेशसभा सदस्य विमला अन्सारी, केन्द्रीय सदस्य नासिर शेख, मुफ्ती मुइनुद्दिन, बारा जिल्ला इन्चार्ज कलामुद्दिन हवारीलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।