प्रभातफेरी अनलाइन३३ पटक पढिएको | २०८३ आश्विन २३, शुक्रबार
काठमाडौँ / नेपाली कांग्रेसका निवर्तमान सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि गुट वा उम्मेदवारको सूचीको प्रभावमा नपरी स्वतन्त्र विवेकका आधारमा मतदान गर्न आग्रह गरेका छन्।
पार्टीको आन्तरिक निर्वाचन लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै थापाले सबै प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण रूपमा निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल गरेका छन्। प्राविधिक कारणले निर्वाचन एक दिन ढिलो हुन पुगेकोमा उनले क्षमासमेत मागेका छन्।
थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेकोप्रति ध्यानाकर्षण गराउँदै ती सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन्। यसपटक पार्टीभित्र कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पार्दै उनले अफवाहमा नलागी पार्टीको हितलाई केन्द्रमा राखेर मतदान गर्न प्रतिनिधिहरूलाई अनुरोध गरेका छन्।