प्रभातफेरी अनलाइन४ पटक पढिएको | ३४ मिनेट अघि
काठमाडौँ / सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र जनमुखी संस्थाका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। हुलाक सेवा विभागको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा उनले हुलाक सेवाको क्षमता अभिवृद्धि र संस्थागत सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए।
बदलिँदो समयअनुसार हुलाक सेवालाई परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले सरकारी कुरियर सेवाका रूपमा यसको विकास भइरहेको उल्लेख गरे। सरकारले हुलाक कार्यालयमार्फत घरघरमा राहदानी तथा अन्य सामग्री वितरण गर्न थालेसँगै हुलाक सेवाको महत्त्व थप बढेको उनको भनाइ छ।