logo
२०८३ मंसिर ११, शुक्रबार |
☰
📰
🔍
✕

त्रिभुवन विमानस्थलबाट ४ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | मंसिर ११, २०८३ | शुक्रबार
त्रिभुवन विमानस्थलबाट ४ किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहान रहेका छन्। बङ्गलादेश हुँदै नेपाल आएका उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका अनुसार एयर ड्रायर र कुकिज बिस्कुटको बट्टाभित्र लुकाएर ल्याइएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो।

प्रहरीले चौहानको साथबाट एक थान राहदानी र मोबाइलसमेत बरामद गरेको जनाएको छ।