प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ आश्विन २९, बिहिबार
काठमाडौँ / काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर १३.५ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ८:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस कायम भएको हो।
बुधबार काठमाडौँको न्यूनतम तापक्रम १४.५ डिग्री सेल्सियस रहेको थियो भने मंगलबार १५ डिग्री सेल्सियस थियो। यससँगै उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन घटेको छ।
मनसुन बाहिरिएसँगै देशभर पश्चिमी वायुको प्रभाव बढ्न थालेपछि तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन गर्दै आएको छ।