प्रभातफेरी अनलाइन८ पटक पढिएको | २४ मिनेट अघि
अछाम / अछाम र दैलेख जिल्लाको सिमानास्थित कर्णाली नदीमा नुहाउने क्रममा १२ वर्षीया ममता शाही बगेर बेपत्ता भएकी छन्।
मङ्गलसेन नगरपालिका–७ की शाही अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित टोट्केसाल क्षेत्रमा नुहाउने क्रममा नदीमा बगेकी प्रहरी नायब उपरीक्षक पबिन्द्र बमले जानकारी दिएका छन्।
काठमाडौँबाट मङ्गलसेन आउँदै गरेकी ममतासँगै नदीमा बगेका भावना र निर्मला शाहीलाई स्थानीय कुमार विष्टले सकुशल उद्धार गरेका थिए। उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बेपत्ता ममताको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको प्रहरी नायब उपरीक्षक बमले जानकारी दिएका छन्।