प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ आश्विन ३०, शुक्रबार
काठमाडौँ / गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन नयाँ प्रहरी विधेयकमार्फत कानुनी सुधारको तयारी भइरहेको बताउनुभएको छ।
७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रहरी कर्मचारीको आवास, स्वास्थ्य तथा अन्य सेवासुविधा सुधार गर्नुका साथै सरुवा–बढुवालाई व्यवस्थित गरिने जानकारी दिनुभयो।
साथै, प्रहरी कार्यालयलाई डिजिटल बनाउने, साइबर तथा वित्तीय अपराध अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोग बढाउने र अन्तरदेशीय अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने सरकारको योजना रहेको उहाँले उल्लेख गर्नुभयो।