logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

नेप्से परिसूचक ०.९४ अङ्कले बढ्यो, ५ अर्ब ७९ करोडको कारोबार

प्रभातफेरी अनलाइन४ पटक पढिएको | २०८३ कार्तिक ११, मंगलबार
नेप्से परिसूचक ०.९४ अङ्कले बढ्यो, ५ अर्ब ७९ करोडको कारोबार

काठमाडौँ / धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ०.९४ अङ्कले बढेर २ हजार ६३०.७६ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३० अङ्कले घटेर ४७५.४७ विन्दुमा झरेको छ। त्यस्तै, फ्लोट सूचक ०.१० र सेन्सेटिभ फ्लोट सूचक ०.२६ अङ्कले घटेका छन्।

आज विभिन्न कम्पनीका १ करोड ५३ लाख ४६ हजार २२६ कित्ता सेयर ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार २०३ रुपैयाँमा खरिदबिक्री भएका छन्।

कारोबार भएका १३ उपसमूहमध्ये चार बढ्दा नौ उपसमूह घटेका छन्। आज १३५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको घटेको छ। आठ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज बेनी हाइड्रोपावर, माथिल्लो मैलुङ खोला हाइड्रोपावर र दोर्दीखोला जलविद्युत्लगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् भने युनिलिभर नेपाल, एभरेष्ट बैंक डिबेञ्चर र नबिल बैंक डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन्।