logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

अमेरिकाबाट कुरियरमार्फत आएको १ किलोभन्दा बढी गाँजासहित दुई भारतीय पक्राउ

प्रभातफेरी अनलाइन१६ पटक पढिएको | ४९ मिनेट अघि
अमेरिकाबाट कुरियरमार्फत आएको १ किलोभन्दा बढी गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौँ / अमेरिकाबाट कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा गुजरातका २३ वर्षीय भंवर सिंह र ३३ वर्षीय वन्दित पटेल रहेका छन्।

गत कात्तिक १० गते कागजातको आवरणमा कुरियरमार्फत विमानस्थल हुँदै ल्याइएको गाँजा प्रहरीले कन्ट्रोल डेलिभरी विधिबाट बरामद गरेको हो।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ।