प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ कार्तिक १२, बुधबार
कैलाली / कैलालीमा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका सामानसहित पिकअप जिप बरामद गरेको छ भने चालकलाई पक्राउ गरेको छ।
मंगलबार साँझ धनगढी उपमहानगरपालिका–१ स्थित एलएन चोकमा चेकजाँच गर्ने क्रममा गोदावरी नगरपालिका–६ का ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३०२३ नम्बरको पिकअप जिपबाट सुर्ती तथा किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद सामान र पिकअप जिपको कुल अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।