logo
२०८३ कार्तिक १६, सोमबार |
☰
📰
🔍
✕

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव र वर्षा कम हुँदै जाने

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | २०८३ कार्तिक १३, शुक्रबार
शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’को प्रभाव र वर्षा कम हुँदै जाने

काठमाडौँ / नेपाल मौसम विज्ञान विभागले चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि क्रमिक रूपमा कम हुँदै जाने जनाएको छ। विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

विभागका मौसमविद् डेभिड ढकालका अनुसार चक्रवात नेपाल प्रवेश गर्दा कमजोर भएकाले वर्षा, हिमपात तथा हावाहुरीको प्रभाव सामान्य रहेको छ। यद्यपि, आज दिउँसो र राति देशका अधिकांश स्थानमा बदलीसँगै वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। त्यसैले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन विभागले आग्रह गरेको छ।

यसैबीच, पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेपलाञ्चोकको रोशी मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर मापन भएको विभागले जनाएको छ।