प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ कार्तिक १५, आईतबार
काठमाडौँ / नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आजदेखि टोल शुल्क तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार फरक–फरक शुल्क निर्धारण गरेको हो।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले क्रमशः ११५ र ८० रुपैयाँ, बस तथा सिंगल रियर एक्सल ट्रकले २६० र २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक तथा भारी उपकरणका लागि प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।