logo
२०८३ कार्तिक १५, आईतबार |
☰
📰
🔍
✕

जापानको मिए प्रान्तनजिकै ६ म्याग्निच्युडको भूकम्प

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ५९ मिनेट अघि
जापानको मिए प्रान्तनजिकै ६ म्याग्निच्युडको भूकम्प

एजेन्सी / जापानको मिए प्रान्तको तट नजिकै आइतबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु मिए प्रान्तको राजधानी सुबाट करिब ११० किलोमिटर दक्षिणमा समुद्रमुनि ३५२ किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पपछि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण पनि सार्वजनिक भएको छैन।

युरोपियन–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार स्थानीय बासिन्दाले भूकम्पको धक्का लामो समयसम्म महसुस गरेको बताएका छन्।