logo
२०८३ कार्तिक १५, आईतबार |
☰
📰
🔍
✕

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खुलायो उम्मेदवारी आवेदन

प्रभातफेरी अनलाइन८ पटक पढिएको | ५६ मिनेट अघि
स्थानीय तह निर्वाचनका लागि रास्वपाले खुलायो उम्मेदवारी आवेदन

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि महानगरपालिका तथा उपमहानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिन इच्छुक व्यक्तिहरूका लागि आवेदन खुला गरेको छ।

पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दिन इच्छुक तथा योग्य व्यक्तिहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्नेछन्।

खरेलले आइतबार (कात्तिक १५) जारी गरेको विज्ञप्तिमार्फत आवेदन खुला गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।