logo
२०८३ कार्तिक १५, आईतबार |
☰
📰
🔍
✕

बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत फेला

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | १ घण्टा अघि
बडीमालिकामा हिमपातपछि सम्पर्कविहीन भएका युवक मृत फेला

बाजुरा / बाजुरास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका २० वर्षीय युवक मनिष बोहरा मृत फेला परेका छन्।

कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका बोहरा शुक्रबारदेखि सम्पर्कविहीन थिए। प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार उनको खोजीका लागि सदरमुकामबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो।

खोजीका क्रममा बोहरा बडीमालिकास्थित त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका हुन्। खोजी कार्यमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत फर्काउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताएका छन्।

यसअघि हिमपातका कारण त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई शनिबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो। बडीमालिकाको दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि उनी शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए।