logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

सरकारले डा. मनोज केसीलाई बनायो नयाँ प्रहरी प्रमुख

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ कार्तिक १८, बुधबार
सरकारले डा. मनोज केसीलाई बनायो नयाँ प्रहरी प्रमुख

काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्वमा फेरबदल गर्दै एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारले पदमुक्त भएका कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीसमेत दिएको छ।

सरकारको यस निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन भएको छ।