प्रभातफेरी अनलाइन७ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
काठमाडौं / नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर २ लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ।
आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आज १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ र चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ कायम भएको छ।