प्रभातफेरी अनलाइन२० पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
एजेन्सी / थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३ः३० बजे रेस्टुरेन्ट तथा आवासीय सुविधा रहेको भवनमा आगलागी भएको थियो। आगो नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब दुई घण्टा लागेको थियो।
आगलागी नियन्त्रणपछि भवनभित्र ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा थाइल्यान्ड र म्यानमारका नागरिक रहेका छन्।
आगलागीमा परी घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै सिसा फुटेर चोट लागेको प्रहरीले जनाएको छ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। लगातार भइरहेका यस्ता घटनाले थाइल्यान्डमा भवन तथा मनोरञ्जनस्थलको अग्नि सुरक्षा र आपत्कालीन उद्धार व्यवस्थामाथि पुनः प्रश्न उठाएको छ।