logo
२०८३ कार्तिक ३०, सोमबार |
☰
📰
🔍
✕

उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिन अर्थमन्त्री वाग्लेको जोड

प्रभातफेरी अनलाइन२३ पटक पढिएको | कार्तिक ३०, २०८३ | सोमबार
उत्पादन, रोजगारी र लगानी विस्तारलाई प्राथमिकता दिन अर्थमन्त्री वाग्लेको जोड

काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र लगानी विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन्।

नेपाल बैंक लिमिटेडको ९०औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले नेपालको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेको उल्लेख गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

उनले बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउन आग्रह गर्दै साइबर सुरक्षा तथा तथ्यांक संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।